अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा लैजान्छः योगेश भट्टराई

वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा लैजान्छः योगेश भट्टराई


काठमाडौँ-नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउने बताउनु भएकाे छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले यस्तो बताउनु भएकाे हाे। सचिव भट्टराईले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताउनुभयाे।

सचिव भट्टराईले संशोधन प्रस्ताव लैजाने बारेमा संसद्का सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पार्नुभयाे । उहाँले संविधान संशोधनका लागि संसद्को दुई तिहाइ बहुमत आवश्यक पर्ने भन्दै नेपाली काँग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताउनुभयाे ।

सचिव भट्टराईले संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताए। सकेसम्म सर्वसम्मत हुने गरी संविधान संशोधनको प्रस्ताव लैजाने प्रतिबद्धता जनाउनुभयाे ।

सचिव भट्टराईले भन्नुभयाे, ‘हामी यो सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउँछौँ, यति कुरा म ढुक्कसित भन्छु । काँग्रेस र एमालेको मात्रै समर्थनले संविधान संशोधन हुँदैन । सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रस्ताव लैजान्छौँ । निर्वाचन प्रणाली पनि छ त्यसको एजेण्डा ।’