काठमाडौँ-नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ।
आज समिति सभापति निर्वाचनका लागि तोकिएको समयमा न्यौपानेले उम्मेदवारी दर्ता गरिएकाे सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जानकारी दिनुभयो।
उहाँको उम्मेदवारीमा प्रस्तावका कांग्रेस सांसद रामहरि खतिवडा र समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन् । खतिवडा यो भन्दा अघिका समिति सभापति हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको आज बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। पार्टीको त्यो निर्णयपछि न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)बाट राजीनामा दिनुभएको थियाे।
सुनुवाइ समितिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दिनुभएको हाे ।








प्रतिक्रिया