काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराउनु भएको हाे ।

उहाँ निर्विरोध सभापति चयन हुनुभएको हाे । यसअघि उहाँ संसदीय सुनुवाइ समितिकी सभापति हुनुहुन्थ्यो। संसदीय सुनुवाइ समिति सभापति पदबाट मंगलबार नै राजीनामा दिएर उहाँले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दिनुभएको थियो।






प्रतिक्रिया