अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशका यी नदीमा आकस्मिक बाढीको जोखिम उच्च

आज देशका यी नदीमा आकस्मिक बाढीको जोखिम उच्च


काठमाडौँ-जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै प्रमुख नदीहरूमा जलस्तर उल्लेख्य बढ्ने तथा केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ।

मनसुन सक्रिय भई लगातार वर्षा हुँदा देशभर बाढीको जोखिम पनि बढेको छ। 

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि, आज बिहान ५ बजेदेखि भोलि बेलुकी ५ बजेसम्मको पूर्वानुमान अनुसार, कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र पश्चिम राप्तीका विभिन्न स्थानमा जलस्तर उल्लेख्य बढ्ने देखिएको छ।

सप्तकोशी, चतरा, तमोर, त्रिवेणी, अरुण, सिम्ले, दुधकोशी, रसुवाबजार, तामाकोशी, बुस्ती, सुनकोशी, हम्पचुवार, नारायणी, देवघाट, त्रिशुली, बेत्रावती, बुढीगण्डकी, आरुघाट, मर्स्याङ्दी, विमल नगर, सेती, दैलेख, कालिगण्डकी, कुमालगाउँ, कर्णाली, चिसापानी, कर्णाली, असाराघाट, भेरी, सम्सिझट, पश्चिम सेती, दिपायल, महाकाली, पारिगाउँ, कन्काई, मैनाचुली, कमला नदी, वेलसोत, बागमती, पधेराडोभान, पूर्वी राप्ती, रजैय्या, पश्चिम राप्ती, कुसुम, बबई, चेपाड जस्ता स्थानहरूमा जलस्तर उल्लेख्य बढ्ने अनुमान गरिएको छ।

यसका अलावा आज दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ। 

यसैगरी आज इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, कालीकोट, डोल्पा, मुगु, हुम्ला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।