काठमाडौं-काठमाडौंको जडिबुटीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो।
घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा छन्। बस चालक दोलखा घर भइ हाल काँडाघारी बस्ने वर्ष २५ का सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा राखेको छ।







प्रतिक्रिया