अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज कहाँ-कहाँ हुँदै छ भारी वर्षा ? 

आज कहाँ-कहाँ हुँदै छ भारी वर्षा ? 


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि कोशी, बागमती, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी पहाडी र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही , बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै  र बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।