अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन’

‘जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन’


काठमाडौँ-सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट गरेको छ। 

चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा  यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको  भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’  भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न सरकारले अनुरोध गरेको छ। 

सङ्क्षिप्त कुरा गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले ‘मुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ,  परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझि टीकाटिप्पण नगर्न  सम्बद्ध सबैमा मेरो आग्रह छ।’

प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव  राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताउनुभयाे।