अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा पनि कर्फ्यु आदेश जारी

विराटनगरमा पनि कर्फ्यु आदेश जारी


विराटनगरमा पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ११ बजेदेखि राति १० बजेबाट कर्फ्यु लगाइएको हो ।

मंगलबार बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेकाे मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे।

बिहानैदेखि जताततै प्रदर्शन हुन थालेपछि विराटनगरमा पनि कर्फ्यु आदेश जारी गरेकाे हाे।

जिल्लामा विभिन्न समूह र पक्षबाट आ–आफ्ना माग राखी विराटनगर महानगर लगायत जिल्लाका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ। त्यस्ता गतिविधि अप्रिय घटना हुने आशङ्का रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो ।