काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबैलाई धैर्य गर्न र संयमित बन्न आह्वान गर्दै ‘हामी फेरि उठ्नेछौं’ भनेर सामाजिक सन्जालमा लेख्नु भएको छ । कवि नेत्रलाल अभागीको चर्चित कविता फेसबुकमा शेयर गर्दै पोखरेलले सो कुरा उल्लेख गर्नु भएको हो ।
‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं,’ पोखरेलले लेख्नु भएको छ ।
सोमबार सुरू भएको जेनजी आन्दोलनपछि मंगलबार उग्र बनेको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न प्रशासनिक भवन आगजनी गरेका छन्।
सिंहदरबार र सर्वोच्च अदालतको आगजनी बुधबार बिहानसम्म नियन्त्रणमा आएको छैन।
शीर्ष नेताहरूको निजी घर र मन्त्रीका क्वार्टर समेतमा आगजनी भएको थियो।







प्रतिक्रिया