अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद विघटन गर्ने राष्ट्रपतिको कदम विडम्बनापूर्ण : एमाले महासचिव पोखरेल

संसद विघटन गर्ने राष्ट्रपतिको कदम विडम्बनापूर्ण : एमाले महासचिव पोखरेल



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपतिले संसद विघटनमा सहमती गरेकोप्रति असन्तुष्टी जनाउनु भएको छ ।
शितल निवासमा जेन जी समुहका प्रतिनिधीसँग राष्ट्रपति पौडेल संसद विघटन गर्न सहमत भएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै यस्तो असन्तुष्टी व्यक्त गर्नुभएको हो । २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा पनि सर्वोच्च अदालतले बदर गरेको थियो । त्यसबेला वर्तमन राष्ट्रपति पौडेल सहित काँग्रेस र माओवादी केन्द्रका नेताहरु विघटन बदर गराउन सर्वोच्च अदालत पुगेका थिए ।
महासचिव पोखरेलले यो कदम विडम्बनापूर्ण भएकोले सर्तक रहन र खबरदार गर्न आहवन गर्नुभएको छ । महासचिव पोखरेलले लेख्नुभएको छ –
विगतमा बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्धा हाल्ने र फैसला सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सर्तक रहौं,खबरदारी गरौं ।