अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानन्याधिस सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त

पूर्वप्रधानन्याधिस सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं-सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको छ। कार्की प्रधानमन्त्री हुने नेपालको पहिलो महिला हुनुहुन्छ।

उहाँ २०७२ सालमा पहिलो महिला प्रधानन्याधिस नियुक्त हुनुभएकाे थियाे। विराटनगर निवासी कार्कीलाई केही बेरअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। गत २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएपछि कार्कीलाई संसद बाहिरबाट आज प्रधानमन्त्री नियुक्त गरिएको हो। अहिले ९ बजे प्रधानमन्त्री कार्कीको सपथ ग्रहण गर्ने तयारी छ ।