अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई पितृ शोक

वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई पितृ शोक


काठमाडौँ-वरिष्ठ पत्रकार एवं मधेस मामिलाका जानकार चन्द्रकिशोरलाई पितृ शोक परेको छ। पत्रकार चन्द्रकिशोरका बुवा राजेन्द्र झाकाे आज बिहान आफ्नै निवासमा निधन भएको हो। राजेन्द्र झा रौतहट निवासी हुन्।

झाकाे ९२ वर्षको उमेरमा निधन भएको पत्रकार चन्द्रकिशोरले बताउनुभयाे। 

केही समयदेखि पिसाब सम्बन्धी रोगसँग जुध्दै उहाँ पर्साको वीरगन्जस्थित घरमा बस्दै आउनुभएको थियाे ।  चन्द्रकिशोरले भन्नुभयाे– ‘पिसाब सम्बन्धी समस्या थियो, उपचारपछि वीरगन्जस्थित घरमै राखेका थियौँ, विगत अढाई तीन महिनादेखि बुवाकै सेवामा म आफैँ लागेको थिएँ, आज उहाँको स्वर्गवास भयो।’