काठमाडौँ-नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ। असोज १६ गते बिहीबार बिहान ११:५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो। यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ। असोज ६ गते बिहान ९:१३ बजे घटस्थापनाको शुभ साइत रहेको उहाँले बताउनुभयो।
असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ। असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो।
वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू
१. वि सं. २०८२ साल असोज ६ गते सोमबार– नवरात्रारम्भ, घटस्थापना बिहान ९:१३ बजे
२. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलबार– झण्डा फेर्ने, बिहान ९:५३ बजे (पूर्व मोहडा)
३. वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा ।
४. वि.सं. २०८२ साल असोज १३ गते सोमबार– फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे
५. वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि
६. वि.सं. २०८२ साल असोज १५ गते बुधवार– महानवमी स्थिरासन बिहान ९:२३ बजे
७. वि.सं. २०८२ साल असोज १६ गते बिहीवार– विजया दशमी, देवी विसर्जन, बिहान ९:२३ बजे
टीका बिहान ११:५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने)
श्री तुलजाभवानी यात्रा, दिवा १२:१९ बजे स्थिरासन दिवा १।१७ बजे, खड्गयात्रा ।
८. वि.सं. २०८२ साल असोज २० गते सोमबार– अखिलबलिपूर्ति ।
वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।








प्रतिक्रिया