धादिङ-धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन्। पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका-२ बाह्र किलो भन्ने ठाउँमा आज बिहान दुईवटा गाडी ठोक्किएका हुन्।
भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपरआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय दादिङले जनाएको छ।







प्रतिक्रिया