अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुद्वारा जेनजी प्रर्दशनमा ज्यान गुमाएकाको सम्झनामा शोक सभा र दीप प्रज्वलन

अनेरास्ववियुद्वारा जेनजी प्रर्दशनमा ज्यान गुमाएकाको सम्झनामा शोक सभा र दीप प्रज्वलन


काठमाडौँ-अनेरास्ववियुले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक सभा तथा दीप प्रज्वलन गरेको छ।

अनेरास्व्वियुले प्रर्दशनीमार्गस्थित नेपाल ल क्याम्पसमा मौनधारण गरी शोक सभा तथा दीप प्रज्वलनआयोजना गरेको हो। अनेरास्ववियुका महासचिव दीपक धामीले जेनजी प्रर्दशनमा अकल्पनिय दुर्घटना भएर मुलुकले धेरै नै क्षति व्यहोर्नु परेको बताउनुभयाे। 

उहाँले प्रदर्शनका क्रममा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयाे। सभामा अनेरास्ववियूका इन्चार्ज किशोरविक्रम मल्ल, पूर्व अध्यक्ष समिक वडाल लगायतका नेताहरुको सहभागिता रहेको थियो। 

जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ।