काठमाडौँ-रुकुम-पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।
यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो।







प्रतिक्रिया