काठमाडौं-काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको हो।
मृतक संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया