काठमाडौं- जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितीका बीच नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यलय च्यासलमा संविधान दिवश मनाउदैछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ८ बजे सम्पूर्ण नेता कार्यकर्ता जेनजी आन्दोलनमा आगजनीमा ध्वस्त भएको केन्द्रीय कार्यालयमा उपस्थित भएर संविधान दिवश मनाउने तयारी गरेका छन् । यसका लागि सबै जनवर्गीय संगठनहरुलाई उल्लेख्य संख्यामा उपस्थित हुन पार्टीले सर्कुलर गरेको छ ।
गौतमका अनुसार संविधान दिवशका दिन संविधानको रक्षा र कार्यान्वयनका लागि एमालेले दबाब सृजना गर्नेछ । खासगरी घोषित मिति मै निर्वाचन गराउन,निष्पक्ष निर्वाचनको वातावरण बनाउन एमालेले केन्द्रीय कार्यालयबाट आह्वान गर्नेछ ।







प्रतिक्रिया