काठमाडौं-नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हाे। बैठक अहिले बसिरहेको छ।
जेन–जी प्रदर्शनपछि उत्पन्न राजनीतिक परिस्थिति, पार्टीले खेल्नुपर्ने भूमिकालगायतका विषय बैठकको एजेण्डा रहेको बताइएको छ।
माओवादीमा पछिल्लो एक वर्षदेखि नेतृत्व परिवर्तनको माग राख्दै आएका उपमहासचिव जनार्दन शर्मा र उनको समूहले पछिल्लो राजनीतिक घटनाक्रमपछि सडकबाट अध्यक्ष प्रचण्डको राजीनामा मागिरहेको छ।
जेन–जी आन्दोलनको नाममा अराजक समूहले माओवादी मुख्यालय, खुमलटारस्थित प्रचण्ड निवाससहित दर्जनौँ केन्द्रीय नेताको घर लुटपाट, तोडफोड र आगजनी गरेको थियो ।







प्रतिक्रिया