अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने शक्तिहरु क्रियाशील छन्ः प्रदीप ज्ञवाली

मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने शक्तिहरु क्रियाशील छन्ः प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा संविधानकाे खारेजी र गणतन्त्रलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र भइरहेको बताउनु भएको छ।

प्रगतिशील लेखक संघ, नेपालले आइतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो।

उपमहासचिव ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको आराेप लगाउनुभयाे।

तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो।

उपमहासचिव ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारणमात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताउनुभयो।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तीको कुरा छ। म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यूलाई कि उहाँले केही अडान लिनु भएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरु बचेको पनि छ। तर अगाडिका दिनहरु कसरी जान्छन ? भन्न सकिँदैन। फागुनमा चुनाव भयो भने के फरक पर्ला।’ 

उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुल्लमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरूले चलखेल गरिरहेको दाबी गर्नुभयो।

‘संविधानका पक्षधर शक्तिहरुले कायम गर्न सके भने त स्वभाविक छ फेरी ट्रयाकमा आउँछ। यति हो त खोजेको ? जो जो छन, यी सबै कुराहरुको पछाडि अब म जेनजी भन्दिन। किनभने उहाँहरु निर्णायक ठाउँमा नै हुनुहुन्न। अहिले सिनमा देखिएका साथीहरुले अभिव्यक्तिहरु हेर्नुस् त। उहाँहरु रनभूलमा पर्नु भएको छ । कहाँबाट उहाँहरुले सुरु गर्नु भयो। स्थिति कहाँबाट कहाँ पुग्यो ? अहिलेका राजनीतिक दलहरुलाई किनारा लगाएर चुनाव गर्न त सम्भव होला जस्तो लाग्दैन। कोशिस त्यो नाममा पनि होला। त्यो भयो भने बेग्लै कुरा हो।’