अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका जेन जी आन्दोलनका घाइतेहरु पक्राउ

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका जेन जी आन्दोलनका घाइतेहरु पक्राउ


काठमाडौं- प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत खनिएका थिए। घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताए।

सुदन गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।