अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सञ्चारमन्त्री जगदिश खरेलको पहिलो निर्णय: पाँच महिनामा प्रमुख १० सहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने

सञ्चारमन्त्री जगदिश खरेलको पहिलो निर्णय: पाँच महिनामा प्रमुख १० सहरमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने


काठमाडौं-सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले आगामी माघसम्ममा देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ। मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्ने हस्ताक्षर गर्नुभएको हाे।

निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।