चितवन-चितवनको मुग्लिन-नारायणघाट सडक खण्ड तुइन खोला पुल नजिक मङ्गलबार साँझ फेरि ठूलो पहिरो झरेको छ। पहिरो खसेपछि दुबै तर्फको यातायात आवागमन ठप्प भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार निरन्तर रूपमा पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको जनाएको छ। सडक अवरुद्ध भएपछि यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। गत शुक्रबार पनि सोही स्थानमा ठूलो पहिरो खसेपछि लामो समयसम्म सडक अवरुद्ध भएको थियो।







प्रतिक्रिया