अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्नुहुने


काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्नु हुने भएकाे छ। प्रधानमन्त्री कार्की बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको हो।

प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लाग्नुभएकाे हाे। उहाँले सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने तयारी छ। 

प्रधानमन्त्रीको सम्बोधनअघि भोलि नै साँझ मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।  

कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकाे थियाे।