काठमाडौं-नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ। लेखककी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा उपचारको क्रममा दिउँसो ४ बजेतिर निधन भएको भएकाे हाे।
लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । रमेश लेखक उहाँका एक मात्र छोरा हुन् । उहाँका चार छोरी छन् ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ। लेखकसहित उनका परिवारका सदस्य अहिले पशुपति पुगिसकेका छन्।







प्रतिक्रिया