काठमाडौँ-सडक डिभिजन कार्यालय भरतपुरले चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलाको पहिरो हटाउन सक्रिय हुने सबैप्रति आभार व्यक्त गरेको छ।
कार्यालयले सामाजिक सञ्जालमार्फत् जोखिम मोलेर पहिरो हटाउन सक्रिय हुने अपरेटर, सुपरभाइजर, प्राविधिक, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित सबैप्रति आभार व्यक्त गरेको हो।
‘मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रवार देखि पटक पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरुद्ध हुन पुग्यो र निरन्तरको प्रयास पश्चात् हिजो राती १०ः३५ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। यस क्रममा सर्वप्रथम निरन्तर डुङ्गाहरू खसिरहँदा समेत खतरा मोलेर सफा गर्नुहुने अपरेटर साथीहरू हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छौँ’, कार्यालयले समाजक सञ्जालमार्फत भनेको छ।
पहिरो पन्छाएसँगै अहिले मुग्लिन-नारायणघाट सडक निर्बाध दुईतर्फी सञ्चालनमा आएको छ ।









प्रतिक्रिया