अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले यसवर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

कांग्रेसले यसवर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने


काठमाडौँ-नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ।

विसं २०३३ मा  बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ का साथ स्वदेश फर्केपछि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम  आयोजना गर्दै आएको थियो।

कांग्रेस केन्द्रीय कार्यालयले आज विज्ञप्तिमार्फत पछिल्लो राजनीतिक घटनाक्रमसँगै नागरिकहरू शोकमा रहेका तथा  पार्टी कार्यालयमा आगजनी गरेकाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने जनाएको हो।