अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु


बरहथवा-सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ।

हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिनुभयो।

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका उहाँले बताउनुभयो ।