अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी स्थानमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना

आज यी स्थानमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना


काठमाडौं-आज (बिहीबार) दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागलगायत मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी आज राति सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।