अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने


काठमाडौं-कुमारी आर्यतारा शाक्यले सर्वसाधारणलाई आज दशैंको टीका लगाइदिने कुमारीघर व्यवस्थापन समितिले जनाएको छ ।

हनुमानढोकास्थित कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार कुमारी आर्यताराले आज बिहान ११ बजेपछि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने छिन्।

जीवित देवीको रुपमा पुजिने कुमारीलाई भवानीको प्रतीकका रूपमा सम्मान गरिन्छ।

महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको थियो । जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराउने प्रचलन छ ।

नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडादशैंको टीका–जमरा देवी दुर्गाको प्रसाद भएकाले टीका लगाउन साइत हेरिराख्नु पर्दैन । तर उत्तम साइत खोज्नेहरुका लागि आज बिहान ११ बजेर ५३ मिनेट निर्र्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।