अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेललाई मूल पुजारीबाट टीका प्रदान

राष्ट्रपति पौडेललाई मूल पुजारीबाट टीका प्रदान


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा हनुमानढोकास्थित दसैँघरका मूल पुजारी देवराज अर्यालबाट दसैँको टीका लगाउनुभएकाे छ।

राष्ट्रपति पौडेलले बिहान ११ बजेर ५३ मिनेटको शुभ साइतमा टीका प्रसाद ग्रहण गर्नुभएकाे हाे।

तर राष्ट्रपति पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन्। देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।