जनकपुरधाम-महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ।
काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जाने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ। दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया