अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते


बागलुङ-बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट नजिकै शुक्रबार साँझ ग १ ज ६१०० नम्बरको पिकअप गाईघाट नजिकै दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

गलकोट हटिया बजारदेखि ताराखोला जाँदै गरेको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय मिलन परियार र सोही वडाका ४३ वर्षीय वीरबल परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

घाइतेमध्ये वीरबल गम्भीर हुँदा गलकोट नगर अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरेको उहाँको भनाइ छ । अर्का घाइते मिलन परियारको भने गलकोट अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

जीप सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो । दुर्घटनाको खबर पाए लगत्तै गलकोटबाट प्रहरीको टोली पुगेर उद्धार गरेको उहाँले बताउनुभयो ।