अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न तीन जिल्ला प्रशासनको आग्रह

मुग्लिन-नारायणगढ सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न तीन जिल्ला प्रशासनको आग्रह


मुग्लिन-नारायणगढ-मुग्लिन सडक तथा पृथ्वी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन्। 

नारायणगढ-मुग्लिन सडक तथा पृथ्वी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन्। 

नारायणगढ-मुग्लिन सडक तथा पृथ्वी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय तनहुँ, धादिङ र चितवनले संयुक्त सूचना प्रकाशित गरी भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्न, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्नेगरी गर्न तथा रातको समयमा यात्रा नगर्न’ आग्रह गरेका हुन् ।

पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तीज जिल्ला प्रशासनद्वारा जारी संयुक्त सूचनामा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। सोही कारण प्रशासनले संयमित भएर यात्रा गर्न अनुरोध गरेका हुन्।