अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँकाे सोल्टीमोडमा सडक भासियो

काठमाडौँकाे सोल्टीमोडमा सडक भासियो


काठमाडौँ-काठमाडौँस्थित सोल्टीमोडको पश्चिमतर्फ अहिले शनिबार बिहान स्युचाटार खोलाले गर्दा बाटो भासिएको छ। 

काठमाडौँ महानगरपालिकाले दिएको जानकारीअनुसार खोलाले घरनजिक करिब पाँच फिट मात्र दूरी बाँकी राखेको छ।

 

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै यसो भनेको छ

गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिनुभएको छ।

आज बिहान करिब ९:०० बजे काठमाडौँ महानगरपालिका-१४ कोहिनुर हाउजिङनजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ।

यदि कुनै बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।

कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू:

-१६६००१०५५११

-०१५९०१७६४

-०१५९०१७६३ (केएमसी प्रहरी)

सुरक्षित रहौँ, सतर्क रहौँ।