अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर बाढी-पहिरो: कुन राजमार्गको अवस्था कस्तो ? (विवरणसहित)

देशभर बाढी-पहिरो: कुन राजमार्गको अवस्था कस्तो ? (विवरणसहित)


काठमाडौं-देशभर अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ। देशका मुख्य राजमार्ग ठप्प भएका छन् भने काठमाडौँ प्रवेश गर्ने नाकामा सवारी साधनको लर्को लागेको छ। 

 लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने सवारी साधन सञ्चालनमा २० गतेसम्म रोक लगाइएको छ।

नेपाल प्रहरीले दिएको अपडेटअनुसार देशभरिका राजमार्गहरूको अवस्था निम्न रहेको छ।

नेपाल प्रहरीले शुक्रबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौँ र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन्।

प्रहरीका अनुसार संखुवासभा जिल्लामा भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ पुग्मा क्षेत्रमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ सार्कीपोखरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जबाङखोला, रामेछापको गोकुलगंगा गाउँपालिका–८ पुजाखोला र सुम्पुखाका गोकुलगंगा गाउँपालिका–७ मा समेत राजमार्ग सञ्चालनमा अवरोध भएको छ।

त्यसैगरी, काभ्रेपलाञ्चोक र काठमाडौंमा भने तत्काल अर्को आदेश नभएसम्म दुबै तर्फबाट सवारीसाधन होल्ड गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले प्रभावित क्षेत्रमा पहिरो पन्छाउने र सडक खुलाउने कार्य जारी रहेको जनाएको छ। साथै, यात्रु र चालकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध समेत गरिएको छ।