अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंतिर सर्दैछ थप वर्षा गराउने प्रणाली

काठमाडौंतिर सर्दैछ थप वर्षा गराउने प्रणाली


काठमाडौं-आज बिहानबाट नेपाल भित्रिने भनिएको भारी वर्षा गराउने प्रणाली पर्साको वीरगञ्ज आसपासको क्षेत्रबाट काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न थालेको देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको आकडा अनुसार, पछिल्लो एक घण्टामा वीरगञ्ज आसपासका क्षेत्रमा सबैभन्दा धेरै वर्षा भएको छ । पछिल्ला विवरणहरू हेर्दा पानी पर्ने मात्रा वीरगञ्जबाट जितपुर, निजगढ, हेटौडा हुँदै दक्षिणी भागबाट काठमाडौं उपत्यकातिर बढ्दो क्रममा छ ।

धेरै वर्षा भएका ठाँउहरू हेर्दा वीरगञ्ज आसपासका क्षेत्र छन् । काठमाडौंका उत्तरी भागको तुलनामा दक्षिणि भागमा बढी पानी परेको देखिन्छ । मौसमविद्हरूले काठमाडौं उपत्यकामा आज अपरान्हदेखि भारी वर्षा हुने प्रणाली थप सक्रिय हुने चेतावनी दिएका थिए ।

पछिल्लो २४ घण्टाको अवस्था हेर्दा बीरगञ्जमा सबैभन्दा बढी १४४ मिलिमिटर वर्षा भएको देखिन्छ । त्यसपछि बाराको कलैयामा १४० मिलिमिटर वर्षा भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा गोदावरीमा सबैभन्दा बढी ८२ दशमलव ४ मिलिमिटर पानी परेको छ ।