काठमाडौं- राष्ट्रिय युवा संघ नेपालले हिजो देखि भइरहेको अविरल वर्षाले भएको क्षतिको उद्धार तथा राहातमा जुट्न कार्यकर्तालाई विशेष सर्कुलर जारी गरेको छ ।
संघका अध्यक्ष क्षितिज थेबेले अहिले साँझ विशेष सर्कुलर जारी गर्दै संघका कार्यकर्तालाई पाँचबुँदे निर्देशन जारी गर्नुभएको छ । थेबेले कार्यकर्तालाई आफ्नो बसोबास रहेको क्षेत्रमा बिपद् जोखिम हुनसक्ने ठाउँको पहिचान गरी सर्तक रहन भनेको छ । यसैगरी जहाँ बिपद्का घटना भएका छन् त्यहाँ तत्कल राहत,उद्धार र सहयोगको कार्यमा सक्रिय भएर जुट्न सबैलाई निर्देशन गरेको छ । यसैगरी उद्धार तथा राहातका लागि स्थानीय तह,सुरक्षा निकाय,सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर तत्काल काम थाल्न आग्रह गरेको छ । थेबेले जारी गरेको विज्ञप्ती अनुसार स्थानीय तह,सुरक्षा निकाय तथा सम्बन्धित प्राधिकरणले जारी गर्ने सुचनाको पालना गर्न भनिएको छ ।
‘यो बिपद्को घडीमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरु जनताको साथमा रही देशभरका सम्पूर्ण कमरेहरुलाई उच्च मनोबलका साथ जनताको सुरक्षामा जुट्न निर्देशन गर्दछौं’ विशेष सर्कुलरमा भनिएको छ ।







प्रतिक्रिया