मकवानपुर-मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा आज बिहान ईभी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँ जान हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो।
ठक्करबाट ईभीमा सवार १३ जना र मोटरसाइकल चालकसहित १४ जना घाइते भएका छन् । घाइतेहरूको बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।







प्रतिक्रिया