अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेनमाथि सूर्य थापाकाे टिप्पणी: लुसिफर डार्कम्यान विदेशीको शिखण्डी र अपराधी हो, मेयरको कुर्सीमा बस्न लायक छैन

बालेनमाथि सूर्य थापाकाे टिप्पणी: लुसिफर डार्कम्यान विदेशीको शिखण्डी र अपराधी हो, मेयरको कुर्सीमा बस्न लायक छैन


काठमाडौं-नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई माथि तीव्र आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिनुभएको छ। लुसिफर डार्कम्यान विदेशीको शिखण्डी र अपराधीको संज्ञा दिनु भएको छ। 

नेता थापाले आज बिहान सामाजिक सञ्जालमार्फत बालेनले सिंहदरबार आगो लगाउन लगाएको निभाउन दमकल नपठाएर आपराधिक काम गरेको बत्ताउनुभएको छ। ‘दमकल नपठाउने अपराधी उही थियो र दमकल रोक्ने भिड पनि उसकै थियो, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र संसद् भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने छर्लङ्ग भइसकेको तथ्य छ’, नेता थापाले सामाजिक सञ्जालमा लेख्नु भएको छ।

नेता थापाले २०८२ भदौ २४ गते राजधानीमा आगलागीका क्रममा ५४ जनाको ज्यान गएको घटनाको प्रसङ्ग उठाउँदै त्यसको ‘उक्साहट’ काठमाडौं महानगरका प्रमुख बालेन शाहकै निर्देशनमा भएको दाबी गर्नुभएको छ। नेता थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘२०८२ भदौ २४ गते ५४ जना मान्छेको जसरी ज्यान गयो, त्यही रहस्यमय लुसिफर डार्कम्यानकै उक्साहटमा नै गएको थियो, उ विदेशीको शिखण्डी र अपराधी हत्यारा हो।’

यस्ता आपराधिक काम गर्ने व्यक्ति मेयरको कुर्सीमा बस्न लायक नभएको उहाँको धारणा छ। ‘राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन, थापाले लेख्नु भएको छ।