अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी पहिरोका कारण अझै ३२ स्थानमा सडक अवरुद्ध

बाढी पहिरोका कारण अझै ३२ स्थानमा सडक अवरुद्ध


काठमाडौँ-बाढी पहिरोका कारण अझै ३२ स्थानमा सडक अवरुद्ध रहेको छ। बुधबार  सडक विभागले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न राजमार्गका ३२ स्थानमा अवरुद्ध रहेको छ। 

विभागकाअनुसार बीपी राजमार्गमा बाढी पहिरोका कारण  १८ स्थानमा सडक अवरुद्ध बनेको छ। मेची राजमार्ग १० स्थानमा, भेडेडार रबि राँके सडक पाँचथरमा सडक अवरुद्ध भएको छ ।

यस्तै ताप्लेजुङ्को फक्ताङलुङ–५ र ६  जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर अवरुद्ध छ । सङ्खुवासभाको अल्फटेमा पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध छ।

त्यस्तै गत असारमा चीनतर्फबाट आएको बाढीले तातोपानी, टिमुरेमा क्षति गर्दा स्याफ्रुवेंसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध छ । 

अवरुद्ध भएका सडकमा विभागले उपकरणहरू परिचालन गरी खुलाउने प्रयास भइरहेको जनाएको छ ।