अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन र सुदनविरुद्ध एमाले निकट अनेरास्ववियु कैलालीले दियो जाहेरी

बालेन र सुदनविरुद्ध एमाले निकट अनेरास्ववियु कैलालीले दियो जाहेरी


काठमाडौ-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ।

असोज २२ गते बुधवार जिल्ला प्रहरी परिसर, कैलालीमा पुगेर विद्यार्थी संगठन अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले जाहेरी दिनुभएको हो।

प्रहरीले जाहेरी बुझेको छ। तर, दर्ता हुन बाँकी छ। देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको अध्यक्ष खड्काले बताउनुभयो।

जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ। कैलालीका एसपी नरेन्द्र चन्दले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नभयो, ‘केन्द्रमा पनि परेको छ । हामी अहिले बुझ्छौं केन्द्रमा कुरा गरेर अघि बढ्छौं।’

यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो। तर अखिलको जाहेरी दार्ता भएको छैन।

प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो।