अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको टोखामा १ जनाको हत्या, २ जना पक्राउ

काठमाडौंको टोखामा १ जनाको हत्या, २ जना पक्राउ


काठमाडौं-काठमाडौंको टोखामा एक जनाको हत्या भएको छ। टोखा नगरपालिका-२ चण्डेश्वरी बस्दै आएका पाँचथरका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो। 

फलामको रड प्रहारबाट गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

लिम्बुको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार राति नै प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो ।