अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट राष्ट्रिय युवा संघ नेपालद्वारा भोलि राजधानीमा मोटरसाइकल र्‍याली

एमालेनिकट राष्ट्रिय युवा संघ नेपालद्वारा भोलि राजधानीमा मोटरसाइकल र्‍याली


काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले असोज २५ गते अर्थात् भोलि शनिवार राजधानीमा भव्य मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ।

दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्‍याली नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर,  दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुनेछ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले र्‍यालीले राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, र्‍यालीमा राजधानीका विभिन्न क्षेत्रका देशभक्त युवाहरूको व्यापक सहभागिता रहनेछ।