अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको गौरीघाटमा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौंको गौरीघाटमा श्रीमानले गरे श्रीमतीको हत्या


काठमाडौं-काठमाडौंमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोकमा श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पाले ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या गरेका हुन्।

अप्सरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् । घरायसी झगडामा तेन्जिङले अप्सरालाई ढुंगाले हानेर ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले तेन्जिङलाई पक्राउ गरिसकेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।