रौतहट-रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा एक्कासी आगलागी भएको छ। रौतहटमा गुडिरहेको पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक आज बिहान सवा सात बजेतिर बागमती प्रदेश-२-०३-००१ ख ५५५५ नम्बरको बसमा अचानक आगलागी भएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, बसको ब्रेक जाम भएर तार सर्ट भएपछि गाडी एक्कासी रोकिएको थियो। बस रोकिनासाथ यात्रुहरू सबै बाहिर निस्केकाले कुनै पनि मानवीय क्षति हुन पाएन।
घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र परिचालन गरी आगो करिब सवा ८ बजे नियन्त्रणमा लिइएको थियो।







प्रतिक्रिया