अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा कुटपिटबाट एक युवकको मृत्यु

झापामा कुटपिटबाट एक युवकको मृत्यु


झापा-झापामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। 

बुधबार साँझ बिर्तामोड नगरपालिका ५ बस्ने ३० वर्षीय जगन राजबंशीको अज्ञात व्यक्तिको कुटपिटबाट मृत्यु भएको हो। 

आपसी विवादमा राजबंशीमाथि कुटपिट हुँदा उनी गम्भीर घाइते भएका थिए। उनलाई आफन्तले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनको शव पोस्टमार्टमको लागि हाल सोही अस्पतालमा छ। घटनामा संलग्न व्यक्ति फरार छन्। उनको पहिचान खुलिसकेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।