अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


गुल्मी-गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो।

दुर्घटनामा ट्याक्टरका सहचालक मदाने–१ निवासी १९ वर्षीय मेघराज पुनको मृत्यु भएको छ । उनी सडकबाट ५०० मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उकालो बाटोमा लोड तान्न नसकी ट्याक्टर ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।