अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौँ-ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ। शनिवार राति दुर्घटनामा परेकी ५० वर्षीया मैया महर्जनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले जानकारी दिनुभयाे।

गोदावरी नगरपालिका–१४ हाडेगाउँ घर भएकी महर्जनलाई टौखेलबाट सातदोबाटो तर्फ जाँदै गरेको बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक तनहुँ घर भएका २२ वर्षीय सुमित परियारलाई प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको छ। मोटरसाइकल पछाडि सवार २३ वर्षीय मनदिप पराजुली घाइते भएका छन् ।