अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी प्रदर्शनमा जलेको एमाले पार्टी कार्यालय पुननिर्माण हुँदै (तस्बिरहरु)        

जेनजी प्रदर्शनमा जलेको एमाले पार्टी कार्यालय पुननिर्माण हुँदै (तस्बिरहरु)        


काठमाडौं- जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ललितपुर च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालय धमाधम पुनर्निर्माण भइरहेको छ।

२०८२ भदौ २४ गते आन्दोलनकारीले एमाले मुख्यालयमा तोडफोड एवं आगजनी गरेका थिए। त्यस क्रममा भएको आगजनी र तोडफोडले कार्यालय पूर्णरुपमा क्षतिग्रस्त बनेको छ।

कार्यालय पुननिर्माण लागि १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। करिब १० करोड रुपैयाँको क्षति बेहोरेको एमाले मुख्यालयको यतिबेला धमाधम पुनर्निर्माण भइरहेको छ।

एमाले मुख्यालयको अग्रभागको भवन करिब एक महिनामा बनेर तयार हुनेछ भने अर्को भवन भने तीन महिनामा निर्माण हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । यतिबेला एमाले मुख्यालयमा रङरोगनदेखि प्लम्बिङका साथै सजावटको काम भइरहेको छ।